नमार मलाई घरि घरि

Nepal-Map-Tenzin-Norbu-small

हिजो  तिमीले हात काट्यौ सुघौली सन्धि भन्दै
आज फेरी बलात्कृत गर्यौ बिदेशी नोट गन्दै
अस्तिदेखि छोरि-चेली भारत बम्बई लागि बेच्यौ
अहिले त म आमालाई अन्तरास्ट्रिय समाजमा कुल्च्य़ौ

घरिघरि छिमेकीले मेरो बष्यस्थल समात्दा  नि
तिम्रो मुटु, अंग , शरीर ; किन सिरिङ्ग नभएको कुन्नि ?
हिजो बिजुलीको बहाना गरि अश्रुधारा पनि बेच्यौ
त्यो आशुलाई रोक लगाउने मेरो बाध पनि बेच्यौ

सुन्दै छु कि छोरा बुद्दलाई पनि बेच्दै छौ रे !
मेरो मुटु सगरमाथालाइ अर्कैतिर धड्काउने प्रयाश गर्दै छौ रे !
सार्भोभौमिकता र स्वाधिनता दमन भयो भन्दै छन् मेरा छिमेकि
अभा  तिमि मेरो दासी बन भन्दै छन् है मेरा छिमेकि !

इतिहास त कहिल्यै पल्टाउने चेष्टा भयन तिमीमा
म लुटिदै गय रोक्ने सामर्थ्य भयन तिमीमा
उल्टै आजकल त तिमि उतैतिर ढल्किदै पो छौ रे!
मलाई बेच्न अझै तिमि कसिदै पो छौ अरे!

छोरा पृथ्वीनारायण  रुदै छ आज मेरो काखमा
फेरी जन्माउ आमा म बचाउचू तिम्रो महिमा
काट्छु सबै दरिद्रकताका ति भोकाप्यासीलाइ
भन्छ, आच पनि आउन दिन्न त्म्रो गरिमालाई

अमरसिंह पनि जन्म देउ आमा भन्दै छ आज फेरी
खुड़ाको धार मेटाउनेछु तिम्रो अस्मिताको लागि
अतिक्रमण र हस्तछेपलाइ निस्क्रिय पार्छु आमा
लालची ति दाजुभाई, काकालाइ नि काट्छु आमा

नामर्दहरु धेरै नजन्माउ आमा म आउछु भन्छ भक्ति
दरिद्रहरु पो जन्मिन थाले अभा म आउछु भन्छ बलभद्र
चिर्छु आमा, मार्छु आमा, मलाई जन्म देउ भन्छन
देशकै लागि मर्नै परे त्यॊ काखमा फेरी आउछु भन्छन

अब त उठ! मेरा छोराछोरी हो, मेरा सन्तति!
फेरी पनि नबेच मलाई भुलिदेउ बिदेशी गन्ति
म छु र पो तिमि छौ, किन बुज्दैनौ यो कुरा?
म टूक्रिदै छु, तडःपिदै छु, किन रोक्दैनौ यो व्यथा?

लड अब आफ्नै लागि; मेरो अस्तित्वको लागि
मार्नु परे मेरा छोरा मारी हाल आजै देखि
बिदेशीको रख्य़ल मलाई बन्न नदेउ तिमि
मर्छु बरु बिष खाई नमार मलाई घरि घरि!!

Advertisements

4 thoughts on “नमार मलाई घरि घरि”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s